काठमाडौँ- काठमाडौँको महाराजगञ्जस्थित टिचिङ अस्पतालको आकस्मिक कक्षका दुई डाक्टर साथै सात जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएको छ।
अस्पताल स्रोतका अनुसार आकस्मिक कक्षमा काम गर्ने दुई चिकित्सक र चार जना नर्समा बुधबार कोरोना संक्रमण देखिएको हो।
त्यस्तै, कर्मचारी ओसार्न भक्तपुर रुटमा सञ्चालन भइरहेको टिचिङ अस्पतालका बसका चालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
सात जनामा संक्रमण देखिएपछि टिचिङ अस्पतालको आकस्मिक सेवा सिल गरिएको छ अस्पताल स्रोतले जानकारी दिएको छ।