कोशी अस्पतालमा थप २ जनाको कोरोना संक्रमितको मृत्यु

Health-Education
काठमाडौँ –  विराटनगरस्थित कोशी अस्पतालमा दुई जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालको आइसोलेसन वार्डमा उपचाररत सिरहा बिष्णुपुर गाउँपालिकाका ४० बर्षीय र विराटनगर-१५ का ३० बर्षीय दुई पुरूषको उपचारका क्रममा मृत्यु भएको कोशी अस्पतालको आइसोलेसन वार्डका संयोजक लक्ष्मीनारायण यादवले जानकारी दिनुभयो ।

दुवै जनाको बिहीबार नै मृत्यु भएको हो । सिकिस्त अस्थामा भर्ना भएका बसिराहाका पुरूषलाई निमोनिया देखिएको थियो । बिरामीलाई श्वाप्रश्वासमा समस्या र निमोनिया देखिएको थियो उपचारकै क्रममा मृत्यु भएको आइसोलेसन वार्डका संयोजक यादवले जानकारी दिनुभयो ।

बिराटनगरका पुरूषलाई पनि बिहिबार बिहानै ११ बजे तिर उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या भएकाले अस्पतालमा ल्याइएको थियो । सुरूमा जाँच्दा कोरोना नेगेटिभ आएपनि पछि जाँच्दा पोजेटिभ आएको छ । उहाँको अनुसार  बिहिबार बेलुका ४ बजे मृत्यु भएपछि पुनस् स्वाब टेस्टमा पठाएकोमा शुक्रबार बिहान उनको रिपोर्ट पोजेटिभ आएको यादवले बताउनु भयो ।  योसँगै कोशी अस्पतालमा मृत्यु हुनेको संख्या ७ पुगेको छ।