कोरोना सङ्क्रमित समुदायस्तरमा बढ्न थालेपछि दोलखामा लकडाउन गर्ने निर्णय गरिएको छ । प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माको अध्यक्षतामा बिहीबार बसेको बैठकले साउन ३१ गते बिहान ६ देखि भदौ ६ गते राति १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय, दोलखाले जनाएको छ ।
दोलखामा भोलिदेखि कुनै पनि व्यक्ति घर बाहिर निस्कन पाउने छैनन् । त्यस्तै, सार्वजनिक सवारी साधन बन्द हुनेछ ।