काठमाडौंको मनमैजुमा एक जनाको हत्या भएको छ ।
शुक्रबार साँझ छुरा प्रहारबाट नुवाकोटका लक्ष्मण तामाङको हत्या भएको हो।
मनमैजुस्थित एक खाजा घरमा आपसी विवादका क्रममा चक्कु प्रहारबाट उनको मृत्यु भएको हो। चक्कु प्रहार गर्नेको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।