बलिउड अभिनेता स्वर्गीय सुशान्त सिंह राजपुतले बान्द्रास्थित आफ्नै निबासमा आत्महत्या गरेका थिए । उनको आत्महत्याको केस अहिलेसम्म ताजा नै छ । यसैबीच सुशान्तले मलाडमास्थित ४.५ करोड रुपैयाँमा एक फ्ल्याट किनेको अनु’सन्धानबाट पत्ता लागेको छ । उक्त फ्ल्याटमा अंकिता बसिरहेको भएको बुझिएको छ । उनी सुशान्तकी एक्स गर्लफ्रेण्ड थिइन् । उनी चाहेर पनि अंकितालाई फ्ल्याट छोड्न भनिरहन सकेका थिएनन् । त्यसैले उनी त्यसको ईएमआई तिरिरहेका थिए । तर उनले कति तिरीरहेका थिए भन्ने बारेमा भन्ने अहिलेसम्म केहि पत्ता लाग्न सकेको छैन । सुशान्तको खाताबाट हरेक महिना पैसा काटिएको पनि अनुसन्धानबाट पत्ता लागेको छ ।