प्रधानमन्त्री ओली र भारतीय समकक्षीबीच फोनवार्ता

Politics

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ ।

भारतको ७४ औँ स्वतन्त्रता दिवसमा ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई शुभकामना दिएका हुन् । अन्य कुराहरु भने परराष्ट्र मन्त्रालयले जानकारी दिने प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले बताए ।

आज बिहान प्रधानमन्त्री ओलीले ट्वीट गर्दै मोदीलाई शुभकामना दिएका थिए । उनले ट्वीटरमा लेखेका छन्, ‘बधाई तथा शुभकामना, प्रधानमन्त्री नरेन्द्र मोदीजी, भारतको ७४ औँ स्वतन्त्रता दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दछु ।’