स्वास्थ्य मन्त्रालय र अनुसन्धान परिषद्‍का दुई चालकमा कोरोना

Health-Education

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का दुईजना कर्मचारीमा कोरोना भाइरस सक्रमण देखिएको छ। आइतबार आएको पिसिआर रिपोर्टमा मन्त्रालय तर्फ एकजना सवारी चालकमा संक्रमण पुष्टि भएको हो। यस्तै परिषद्तर्फ पनि एक सवारी चालककै रिपोर्ट पोजेटिभ आएको मन्त्रालय स्रोतले जनाएको छ। केही दिन अघि मात्रै मन्त्रालयका तीनजना कार्यालय सहयोगीसहित चार जनामा कोरोना संक्रमण देखिएको थियो । संक्रमण देखिएपछि राज्यमन्त्री नवराज रावतसहित करीब ४० जना क्‍वारेन्टाइनमा बसेका थिए । उनीहरुमध्ये अधिकांशले गत शुक्रबार नमूना जाँच दिएका थिए। तिनैमध्ये दुई जनामा आज संक्रमण देखिएको हो।