छिरिंग भुटियाको “पहाडी बाटो” बोलको गीत सार्वजनिक

Entertainment

लोकप्रिय साउण्ड इन्जिनियर छिरिंग भुटियाको “पहाडी बाटो” बोलको गीत युट्युबमा सार्वजनिक भएको छ। गीतको म्युजिक भिडियो उमंग शाहीले निर्देशन गरेका छन् , शब्द – संगीत महेन्द्र जोजोले भरेका छन् भने एरेन्ज फिरोजले गरेका छन्।कर्णप्रिय स्वरका धनि साउण्ड इन्जिनियर छिरिंगले नेपालका लगभग सबै लोकप्रिय कलाकारहरुको स्टेज कार्यक्रमहरुमा आफ्नो जादु चलाईसकेका छन् र आफ्नो संगीत प्रतिको लगावलाई उनले बेला मौकामा आफ्नो मधुर स्वरमा सांगीतिक कोसेली स्वरुप दर्शक माझ पस्कदै आएका छन्। हालसम्म छिरिंगले “मायालु “, “दोबाटोमा “, “पाउछु म “, “याद” लगायत थुप्रै कर्णप्रिय गीत दर्शक सामु प्रस्तुत गरिसकेका छन्।