साउनमा २ हजार ९ सय जनाले पाए श्रम स्वीकृति

News

गत साउन महिनामा वैदेशिक रोजगार विभागले दुई हजार ९७९ जनालाई श्रम स्वीकृति दिएको छ ।

विभागले गत महिना दुई हजार ८१२ पुरुष र १६७ महिलालाई वैदेशिक रोजगारीका लागि स्वीकृति दिएको हो । विभागले दिएको सूचनाअनुासर दक्षिण एसिया, खाडी मुलुक, युरोप र अमेरिकालगायतका २८ मुलुकमा वैदेशिक रोजगारीका लागि स्वीकृति पाएका छन् ।

२८ देशमध्ये धेरैले संयुक्त अरब इमिरेट्स (यूएई) का लागि श्रम स्वीकृति पाएका छन् । यूएईमा रोजगारीका लागि एक हजार ३६७ जनाले स्वीकृति पाएका हुन् ।

 यस्तै कतारमा रोजगारीका लागि ७०७, मलेसियामा ३१० र साउदी अरबमा रोजगारीका लागि जान २४८ जनाले स्वीकृति पाएका छन् ।