चितवनको राप्ती नगरपालिकाको भण्डारामा रहेको सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनी बागमती प्रदेशका ४२ प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
उनीहरुमध्ये दुई महिला र ४० पुरुष रहेको भरतपुर कोभिड–१९ प्रयोगशालाले जानकारी दिएको छ । ६० जनाको नमूना सङ्कलन गरी पठाइएकामा ४२ जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिएका प्रहरीलाई आइसोलेसन उपचार गरिने तयारी गरिएको छ ।