उपत्यकामा बढ्यो जोखिम, आजै २०० जनामा कोरोना संक्रमण पुष्टि

Health-Education

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २०० जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँका १७४ जना, भक्तपुरका ८ जना र ललितपुरका १८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ७०७ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९ हजार ६ सय ४५ जना पुगेको छ ।