जुम्लाको हिमा गाउँपालिकाका ५१ जनामा एकैपटक कोरोना पुष्टि

Health-Education

जुम्लामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा थप ५६ जनामा संक्रमण देखिएको हो ।

बिहीबार गरिएको परीक्षणमा जुम्लाको हिमा गाउँपालिकाका ५१ जना र कालिकोटको नाग्मका पाँचजनामा कोरोना पुष्टि भएको जनाइएको छ ।

जुम्लामा एकैपटक यति धेरैजनामा संक्रमण देखिएको पहिलोचोटि हो ।