नारायणी अस्पताल वीरगन्जको प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा पर्साका मात्र थप ७६ जना नयाँ संक्रमित थपिएका छन्। अस्पतालको प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणबाट पर्साका मात्र ७६ जना संक्रमित थपिएका हुन्।
यद्यपि आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने पर्सामा ८० जना संक्रमित थपिएकाे भने पनि बाँकी चार जना भने बाराका रहेका पुष्टि भएकाे छ।
वीरगन्जमा नै रही नापतौल कार्यालय पर्सामा कार्यरत रौतहट घर भएका एक कर्मचारी सहित बारा ९ जना गरी कुल संक्रमित भने ८६ जना रहेको नारायणी अस्पतालले जनाएको छ।
नारायणी अस्पतालको प्रयोगशालामा पछिल्लो पटक गरिएको ४ सय ५० जनाको स्वाव परीक्षणमा बाराका ९ जनामा संक्रमण फेला देखिएको छ। थपिएका संक्रमितहरुमा वीरगन्जको नेशनल मेडिकल कलेजका चिकित्सक, वीरगन्ज भन्सारका कर्मचारी र केही स्वास्थ्यकर्मीहरु पनि संक्रमित भएको नारायणी अस्पतालको ल्याबले जनाएको छ। त्यसै गरी पर्साका विभिन्न ग्रामिण क्षेत्रका पालिकाका व्यक्तिहरुमा पनि संक्रमण पुष्टि भएको छ।
नारायणी अस्पतालको पछिल्लो रिपोर्ट अनुसार संचारकर्मी पनि संक्रमित भएको अस्पताल स्रोतले जनाएको छ। शुक्रबार थपिएका नयाँ संक्रमित सहित पर्सामा कोरोना संक्रमितको संख्या १ हजार ६ सय कटिसकेको एकद्वार प्रणालीबाट सूचना प्रवाह गर्न थालेको जिल्ला संकट व्यवस्थापन सेन्टर ( डिसिसिएमसी ) ले जनाएको छ।