भरतपुर अस्पताल कोभिड ल्यावमा गरिएको परीक्षणमा चितवनका २० सहित ३३ जनामा कोरोना संक्रमण भएको छ । गएराति २ सय ७० नमुना परीक्षण गरिएकोमा ३३ जनामा संक्रमण देखिएको भरतपुर कोभिड प्रयोगशालाले जनाएको छ ।
संक्रमितमध्ये भरतपुरका १६ जना र रत्ननगरका १ जना छन् । त्यस्तै राप्ती नगरपालिकाका ३ जना रहेका छन् । त्यसैगरि नवलपुर, मकवानपुर ,बारा,पर्सा ,रौतहट र बाकेका १३ जनामा पनि संक्रमण पुष्टि भएको छ ।