एकता पश्चात् पनि हालसम्म विभिन्न कारणले दर्ता हुन सकेन राप्रपा : युरोपका नेता कार्यकर्ता राजिनामा दिंदै

Politics

राप्रपा र राप्रपा संयुक्तको एकता पश्चात् विभिन्न कारणले दल दर्ता हुन नसक्दा आफ्नो भविस्य बर्वाद पारेको भन्दै युरोपमा रहेका नेता कार्यकर्ता हरुले राजिनामा दिने भएका छन् । एकता भएको ६ महिना बितिसक्दा पनि पार्टीको एकता नभएको झन्डाको चिन्ह र चुनाब चिन्हमा मात्रै अल्झिराखेको दल दर्ता गराउन नसकेको भन्दै श्रोतका अनुसार १०० भन्दा बढी नेता कार्यकर्ताले यहि बिहिबार १२ गते राजिनामा दिने भएका छन । उनिहरुले चुनाब चिन्ह र झन्डामा पनि गाई हुनु पर्ने माग राखेका थिए र पटक पटक को टुटफुटले पार्टीलाई गम्भिर क्षति पुर्याएको संगठन बिस्तार नगरेको, आ-आफ्ना ब्यक्तिगत पद लाभ स्वार्थमा मात्र जोडिएको हुँदा सो निर्णय लिनुपर्ने बताएका छन् । उनिहरुले एकताको महाधिवेशनको आधारमा एकता गरि दलदर्ता गर्न बैचारिक दृष्टिकोण स्पस्ट पार्नु पर्ने बताएका छन। यो त सुरुवात हो यसरिनै हामी युवाहरुको भविस्य अन्धकारमा राखेको खन्डमा दिनानुदिन राजिनामा दिनेको तांती लाग्ने बताएका छन् ।आगामी भाद्र ११ गते बुधबार सम्म स्पष्ट विस्वासीलो आधारसहितको धारणा सार्वजनिक नगरे भाद्र १२ गते बिहीवार १०० बढी नेता कार्यकर्ताले राजिनामा दिने निश्चित छ। यसप्रती राप्रपा नेतृत्वले ध्यान पुर्‍याउन जरुरी छ।