विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई विश्वले आत्मसाथ गरेर जानुकोे विकल्प नरहेको वैज्ञानिकहरुले निष्कर्ष निकालेका छन् । अहिलेको महामारी मानिसको जीवनमा कुनै न कुनै प्रकारले रहीरह्ने विषय सरकोरको आपत्तकालिन वैज्ञानिक सल्लाहकार समूहका सदस्य (सेज)ले बताएको हो ।
कोरोनाविरुद्व विश्वलाई एकजुट भइ भ्याक्सिनलाई निर्माण गर्न आवश्यकता रहेको र उक्त भाइरस दादुरा वा अन्य रोग जस्तो नरहेको स्वष्ट पारेका छन् । अन्य रोगहरुलाई भ्याक्सिनद्वारा परास्त पार्न सकिन्छ। तर, कोरोना भाइरसलाई भ्याक्सिनको माध्यमबाट परास्त गर्न गाह्रो रहेको स्पष्ट विज्ञहरुले पारेका छन् । सन् १९१८ मा आएको स्पानिस फ्लूले ५० मिलियन मानिसको ज्यान लिएको थियो । कोरोना भाइरसपनि साही रफ्तारमा अगाडी बढीरहेको कारण सम्पूर्णलाई आफ्नो दायित्व बोघ गर्न आवश्यक रहेको डहर गरिएको छ । कोरोना भाइरसको गती यस्तै रहे पुनः यो नियन्त्रण बाहिर जानेमा विज्ञहरु विश्वस्त रहेका छन् ।यसले समूदाय स्तरमा आक्रमण गरी भयाबह अवस्था सृजना गर्ने जनाइएको छ । भाइरस रोकथाम गर्न लकडाउनबाहेक पनि अन्य प्रभावकारी योजनामा कार्य गर्न आवश्यक रहेको विज्ञहरुले औँल्याएका छन् ।-