मन्त्रिपरिषद्को नियमित बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । प्रायः सोमबार बस्ने गरेको मन्त्रिपरिषद् बैठक आज मंगलबार बस्न लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सो नियमित बैठक बालुवाटारमा भर्खर सुरु भएको हो।
सो बैठकले जारी निषेधाज्ञा, केहि नियुक्ति लगायतका विषयमा निर्णय गर्ने बताइएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिन लागेका बेला बस्न लागेको सो बैठकलाई उत्सुकताका साथ हेरिएको हो ।
विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकको रुपमा उनको कार्यकाल भदौ २९ गते सकिँदैछ । नेपालमा लोडसेडिङको अन्त्य गर्ने, प्राधिकरणलाई ठूलो घाटाको चंगुलबाट बचाउने लगायतका सुधार कार्य गरेको भनी घिसिङलाई नै सो पदमा निरन्तरता दिनुपर्ने भन्दै सामाजिक सञ्जालमा अभियान समेत सुरु भएका छन् ।