सरकारले प्रत्येक प्रदेशमा चारवटा भेन्टिलेटर र १० आईसीयूका लागि दुईदुई करोड रुपैयाँ निकासा गरेको छ । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले गरेको भर्चुअल बैठकमा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर रोशन पोखरेलले आईसीयू र भेन्टिलेटर किन्न रकम निकासा भइसकेको जानकारी दिनुभएको हो ।
उहाँले कोरोना संक्रमणको बढि जोखिम भएका जिल्लाका लागि सरकारले एमडी र एमएस पास गरेका चिकित्सक खटाएको पनि जानकारी दिनुभयो । उहाँले प्रदेश २ मा मात्रै २३ जना स्वास्थ्यकर्मी पठाएको बताउनुभयो । पोखरेलले एक साताभित्रै काठमाडौं उपत्यकामा कन्ट्याक्ट ट्रेसिङमार्फत् ४० देखि ५० हजार स्वाब परीक्षणको तयारी सरकारले गरिरहेको बताउनुभयो ।