काठमाडौँ उपत्यकामा अहिले सम्मकै उच्च संक्रमण, आजै ३०१ जनामा कोरोना पुष्टि

Health-Education

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३०१ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँका २३० जना, भक्तपुरका २४ जना र ललितपुरका ४७  जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ८८५ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४ सय १८ जना पुगेको छ ।