बलिउड अभिनेता स्वर्गीय सुशान्त सिंह राजपुतको मृत्युले अहिले बलिउडमा तरङ्ग छाएको छ ।
गत १४ जूनको राती अभिनेता सुशान्तले बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए ।
उनलाई आत्म हत्याका लागि कसले बाध्य बनायो भन्ने बारेमा अहिलेसम्म अनुसन्धान भईरहेको छ ।
अहिले यो बारेमा सीबीआईले अनुसन्धान गरिरहेको छ । यसैबीच सुशान्त सिंहका पिता केके सिंहले रिया चक्रवर्तीमाथि गम्भीर आरोप लगाएका छन् ।
उनले रियाले नै लामो समयबाट सुशान्तलाई विष दिएर हत्या गरेको दाबी गरेका छन् ।
उनले भने, ‘मेरो छोरालाई लामो समयदेखि उसले विष दिने गरेको थियो, त्यसैले उ मेरो छोराकी हत्यारा हो, उसमाथि अनुसन्धान गरेर गिरफ्तार गर्न आवश्यक छ ।’