जापानका प्रधानमन्त्री सिन्जो आवेले राजीनामा दिने घोषणा गरेका छन्। आफ्नो स्वास्थ्यमा समस्या भएको भन्दै राजीनामा दिने घोषणा गरेको जापानी सञ्चारमाध्यमले जनाएका छन्।
प्रधानमन्त्री सिन्जोआवे जापानको इतिहासमा सबैभन्दा लामो समय कार्यकारी पदमा रही नेतृत्व प्रदान गर्ने व्यक्ति हुन्। उनी सन् ��००६ देखि सन् २००७ सम्ममा पहिले पनि प्रधानमन्त्री बनेका थिए। तर आवेले नेतृत्व गरेको दल लिबरल डिमोक्रेटिक पार्टीको अनपेक्षित पराजयसँगै उनले स्वास्थ्यको समस्या देखाउँदै राजीनामा दिएका थिए।
सन् २०१२ मा दोस्रो पटक प्रधानमन्त्री बनेका आवे आठ वर्ष लगातार प्रधानमन्त्री बने। पैँसठ्ठी वसन्त पार गरेका आवेले आफ्नो कार्यकालमा जापानमा धेरै विकासका काम गरेका छन्।