निषेधाज्ञाभर होम डेलिभरी सेवा नदिने कागज गरेर ८० जना रिहा

News

निषेधाज्ञा उल्लघंन गर्दै अनलाइनको माध्यमबाट प्रचार गरेर व्यवसाय जारी राखेको भन्दै पक्राउ परेका डेलिभरीब्वाई तथा सञ्चालकलाई प्रहरीले निषेधाज्ञा अवधिभर सेवा बन्द गर्ने कागज गराएर छाडेको छ ।

उपत्यकाका विभिन्न स्थानबाट बिहीबार दिनभरी पक्राउ परेका ८० जनालाई सेवा बन्द राख्ने कागज गराएर छोडिएको महानगरीय प्रहरी परिसरले जानकारी गराएको छ । ‘दिनभरी ८० जना पक्राउ परेका थिए, उनीहरुलाई कागज गरेर छोड्न आदेश गरेको छु,’ ज्ञवालीले भने, ‘भोलिदेखि निषेधाज्ञा अवधिभर उनीहरुले सेवा नगर्ने सर्त गराएको छ ।’

नियन्त्रणमा लिइएकाहरुमध्ये कति सञ्चालक थिए र कति डेलिभरीकर्ता थिए भन्ने नखुलेको प्रहरीले जनाएको छ ।

संक्रमणको जोखिम बढाएको भन्दै प्रहरीले बिहीबार दिउँसो आधा दर्जन सञ्चालकसहित ८० जना डेलीभरी तथा टेक अवे सेवाका कर्मचारीलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले धरपकड गरेपछि होम डेलिभरी सेवा बन्द भएको छ ।