भिडियो कन्फ्रेन्सका क्रममा क्यामेरा खुलै छाडेर एक जोडीको यौनक्रिडा

Interesting

ब्राजिलमा एक सरकारी भिडियो कन्फ्रेन्स बैठकका दौरान एक सहभागीले क्यामेरा खुलै राखेर महिला पाटर्नरसँग शारीरिक सम्बन्ध राखेका छन्।

यो गल्ती ब्राजिलको रियो दि जेनेरियोस्थित सिटी काउन्सिलमा भएको हो। बेलायती समाचार संस्था डेलीमेलका अनुसार बैठकमा महामारीका क्रममा म्युनिसिपल सिस्टमका माध्यमबाट कसरी विद्यार्थीलाई खाद्य सुरक्षा दिन सकिन्छ भनेर छलफल भइरहेको थियो। अनलाइन बैठकमा सहरका प्रतिष्ठित व्यक्तिहरु पनि सहभागी थिए।

अचानक एक सदस्य भिडियो कन्फ्रेन्सबाट गायव भए। तर उनको क्यामेरा भने खुल्लै थियो। पछाडि घरको भित्ता देखिइरहेको थियो। शायद उनी क्यामेरा बन्द गर्न बिर्सिए होलान। एकछिनमा फेरि उनी भिडियोमा आफ्नी पार्टनरसँग निवस्त्र देखिए। उक्त दृश्य बैठकमा सहभागी सबैले देखे। ती सहभागीले हेर्दाहेर्दै आफ्नी पार्टनरसँग शारीरिक सम्बन्ध राखे।

विहान १० बजे सुरु भएको बैठक लगातार चार घण्टासम्म चलेको थियो। बैठकमा सहभागी पार्षदले यो दृश्य देखेर नोटिस गरे पनि नजरअन्दाज गरे। अनि बैठकलाई निरन्तरता दिए।

बैठकमा सहभागी सोशलिज्म एण्ड लिबर्टी पार्टीका नेता लिओनेल ब्रिजोलाले भने, ‘हामीले उनीहरुको अन्तरंग दृश्य नोटिस गरेपछि तुरुन्तै अडियो र भिडियो कन्ट्रोल गर्ने टिमलाई फिड बन्द गर्न भन्यौं।’

सरकारी भिडियो कन्फ्रेन्समा यस्तो लापरवाही गर्ने व्यक्तिविरुद्ध कारवाही भए/नभएको स्पष्ट भइसकेको छैन।

डेलीमेलले १ मिनेट ३६ सेकेण्डको जुम मिटिङको भिडियो सार्वजनिक गरेको छ। जसमा सहभागीहरु छलफल गरिरहेका छन् भने एक सहभागी निवस्त्र भएर आफ्नो पार्टनरसँग डेढ मिनेटसँग शारीरिक सम्बन्ध राखिरहेको देख्न सकिन्छ।