प्रहरी माथि हातपात गर्ने खोज्ने लाई नियन्त्रणमा लिन खोज्दा नाङ्गै हिडन थालेपछि !

Crime

प्रहरी माथि हातपात गर्ने एक जनालाई शुक्लाफाँटा नगरपालिका १० झलारी बजारबाट प्रहरीले आज बिहान पक्राउ परेको छ । पक्राउ पर्नेमा महाकाली नगरपालिका ७ दोधाराका विरेन्द्र बोगटी रहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्षक धर्मेन्द्र रावलले बताए ।

डयुटीमा रहेका प्रहरी माथि हातपात गर्ने बोगटीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानको कार्य भैरहेको उनले बताए । बेदकोट नगरपालिकाको दैजीमा बोगटीले स्थानीयलाई कुटपिट गरिरहेका बेला सशस्त्र प्रहरी निरीक्षक ईश्वरी दत्त भट्टले रोक्न खोज्दा बोगटीले भट्टमाथि ढुङ्गा प्रहार गरी सशस्त्र प्रहरी भट्ट चढेको मोटरसाईल खोसेर शुक्लाफाँटाको झलारी पुगेका थिए ।

झलारी बजारमा डयुटीमा रहेका प्रहरी र सशस्त्र प्रहरीले बोगटीलाई रोक्न खोज्दा प्रहरी माथि कुटपिटमा उत्रिएका हुन । प्रहरीले बोगटीलाई नियन्त्रणमा लिन खोज्दा पाइन्ट, कट्टु समेत फुकालेर नाङ्गै हिडन थालेपछि स्थानिय बासिन्दा प्रहरी, सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका छन ।

नियन्त्रणमा लिईएका बोटगटीलाई अहिले इप्रका झलारीको हिरासतमा राखिएको छ । यस अघि समेत बोगटी झै झगडा गर्ने र कुटिने अबस्था आए नाङ्गै भएर भाग्ने गरेको दोधाराका स्थानिय बासिन्दाको भनाई रहेको छ ।

( गोदावरी न्युजबाट )