झोलुङ्गे पुलमा ताल्चा

News

छिमेकी जिल्ला बागलुङ���ा समुदायस्तरमा नै कोरोना फैलिएकोले बागलुङका साथै अन्य जिल्लाबाट समेत आवतजावतलाई कडाई गर्ने निर्णय अनुसार कोरोना (कोभिड १९) संकट व्यवस्थापन केन्द (सिसीएमसी) म्याग्दीले झोलुङ्गे पुलमा ताल्चा लगाएर कडाइ गरेको हो ।

पुलबाट सर्वसाधारणको आवतजावत बढ्न गई कोरोनाको संक्रमण बढ्न जाने खतरा भएकोले पुल पूर्णरुपमा बन्द गरिएको जनाइएको छ ।

पुल बन्द गरिएपछि दैनिक आवतजावत गनेहरुले भने परिचय पत्रको आधारमा आवतजावत गर्न दिनु माग गरेका छन् ।