कोरोना संक्रमणबाट पूर्वन्यायाधीश चालिसेको मृत्यु

News

कोरोना संक्रमणबाट पूर्व न्यायाधीश  ७० वर्षीय माधवप्रसाद चालिसेको मृत्यु भएको छ । चालिसेको मंगलबार बिहान गंगालाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनी लामो समयदेखि मुटुको समस्या कारण  उपचाररत थिए । उनी गत भाद्र ११ गते अस्पताल भर्ना भएको र आज बिहान ७ बजे निधन भएको छ ।

उपचारकै क्रममा उनको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो। काठमाडौं महानगरपालिका वडा नम्बर ३ निवासी उनी  २०७० साल असार २५ गते तत्कालीन पुनरावेदन अदालत पोखराको मुख्य न्यायाधीशबाट अवकाश भएका थिए ।