अभिनेता सञ्‍जय दत्तलाई क्या’न्सर उपचारका लागि पाँचवर्षे भिसा

Entertainment

केही साताअघि मात्रै फोक्सोको क्या’न्सर पत्ता लागेका अभिनेता सञ्‍जय दत्त आगामी चरणको उपचारका लागि अमेरिका जाने तयारीमा छन् ।यही सन्दर्भमा सञ्‍जयलाई पाँचवर्षे अमेरिकी भिसा प्र’दान गरिएको छ । उनको प्रारम्भिक उपचार मुम्बईको कोकिलाबेन अस्पतालमा भइरहेको छ ।श्वा’सप्रश्वासमा स’मस्या देखिएपछि उनलाई दुई दिनसम्म लीलावती अस्पताल भर्ना गराइएको थियो । कोरोना संक्रमणका कारण समस्या उत्पन्‍न भएको आशंकामा परीक्षण पनि गरियो । तर उनको कोरोना रिपोर्ट नेगेटिभ आएपछि थप परीक्षणमा उनमा क्या’न्सर भएको पत्ता लागेको हो ।

अहिले म’हामारी फै’लिएका कारण भारतमै उपचार गराउने र स्थिति सामान्य भएसँगै अमेरिकाका लागि उ’ड्ने दत्त परिवारको योजना भएको उनकी पत्‍नी मान्यताले सामाजिक सञ्जालमार्फत जनाएकी छन् । उनी फोक्सोको क्या’न्सरको तेस्रो चरणमा भएको पनि भारतीय मिडियाले जनाएका छन् ।सञ्‍जयको पछिल्लो चलचित्र ‘सडक २’ अनलाइन रिलिजको तयारीमा छ । उनको अर्को चलचित्र ‘के’जीएफ २’ छायांकनमै छ । केजीएफ २ मा सञ्‍जयको विशेष भूमिका भएका कारण पनि त्यसको छायांकनपछि मात्रै उनी उपचारका लागि अमेरिका जाने तयारी छ ।