टिचिङ अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

Health-Education

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कोरोना संक्रमणबाट दुुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक जना काठमाडौंका पुरुष र एक जना तनहुँको २० वर्षको युवती रहेको अस्पतालले जनाएको छ। अस्पतालका कोभिड फोकल पर्सन डाक्टर सगुन थपलियाका अनुसार मृत्यु हुनेमा काठमाडौंका ७० वर्षीय पुरुष र तनहुँकी २० वर्षीया महिला रहेका छन्। काठमाडौंका पुरुषमा १५ गते कोरोना पोजेटिभ देखिएको थियो। उनी सुगर र प्रेसरको बिरामी रहेको अस्पतालले जनाएको छ। यस्तै महिलामा भने ‘एसएलई’ बाथ रोग र मृगौला पीडित थिइन्। उनमा हिजो मात्रै कोरोना पुष्टि भएको थियो। मृतक दुबैको शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी गरेको अस्पतालले जनाएको छ।