नेपाल स्काउट, नेपाल चिकित्सक संघ, र हिसानको सहकार्यमा उपत्यकाका विभिन्न अस्पतालमा कार्यरत स्वस्थ्यकर्मीको लागि निःशुल्क बससेवा सुरु गरेका छन् ।
उपत्यका भित्रका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको यातायात सहजताक लागि निःशुल्क बससेवा सुरु गरिएको नेपाल स्काउटका राष्ट्रिय संयोजक तथा हिसानका महासचिव लोकबहादुर भण्डारीले जानकारी दिए । पछिल्लो समय कोरोना संक्रमणको संख्या अत्याधिक बढेको र करिव २ सातादेखि उपत्यकामा लगाइएको निषेधाज्ञालाई मध्यनजर गर्दै स्वास्थ्यकर्मीका लागि अस्पताल आवतजावत गर्न निःशुल्क बससेवा सुरु गरिएको हो ।
स्काउट र हिसानले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसँगको छलफलपछि निःशुल्क बस सुरु गर्ने निर्णय गरेका हुन् ।