फुटबलर एरिक विष्ट कोरोनामुक्त

Sports

नेपालमा हुने भनेको विश्वकप छनोटको खेलका लागि फागुन अन्तिम साता राष्ट्रिय फुटबल टोलीका ३४ खेलाडीको कोरोना परीक्षण भएकोमा ३३ खेलाडीको कोरोना ‘रिपोर्ट नेगेटिभ’ आउँदा एक खेलाडी एरिक विष्टको रिपोर्ट ‘पोजिटिभ’ देखिएको थियो ।

१९ दिन लामो ‘होम आइसोलेसन’पछि गरिएको कोरोना परीक्षणपछि अहिले एरिक विष्ट कोरोनामुक्त भएका छन् ।

सरकारले निषेधाज्ञा जारी गर्नुअगाडि नै नेपालमा हुने कतार विश्वकप छनोटको दोस्रो लिगका लागि फुटबलको अभ्यास सुरु गर्ने तयारी गरेको थियो ।

सुरक्षा मापदन्ड अपाउँदै खेलाडीहरुलाई अभ्यासमा फर्काउन अखिल नेपाल फुटबल संघ (एन्फा) ले तयारी गरेको थियो । तर, निषेधाज्ञा जारी भएपछि अभ्यास स्थगित भएको थियो ।