रियाकाे समर्थन गर्दा तापसीलाई झड्का

Entertainment

सुशान्त सिंह राजपुतको आत्महत्या केसलाई यतिबेला सीबीआईले हेरिरहेको छ ।यस विषयमा रिया चक्रवर्ती सहित उनको भाइ शोभिक चक्रवर्ती लगायत उनको साथी र परिवारको अन्य सदस्यसँग सीबीआईले सोधपुछ गरिरहेको छ ।

यसैबीच बलिउड अभिनेत्री तापसी पन्नुको ट्वीट सामाजिक भाइरल भएको छ । तापसीले सुशान्तको निधनपछि  पहिलोपल्ट यस विषयमा एक पोस्ट सेयर गरेेकी छिन् । उनको यो पोस्टलाई  सामाजिक  सञ्जाल प्रयोगबर्ताले ट्रोल गरेका छन् ।

उनले ट्वीटमा लेखेकी छन् –व्यक्तिगत रुपमा सुशान्तलाई चिन्दिन । नत रियालाई नै चिन्छु । यति मलाई थाहा छ । न्यायको लागि कसैलाई पनि दोषी ठहराउनु गलत हो । कानुनलाई विश्वास गर्नुस् ।’

उनको यो पोस्ट सार्वजनिक भएलगतै तापसीको फ्यान नै उनीसँग रिसाएका छन् ।

एक सामाजिक प्रयोगकर्ताले लेखेका छन् – तापसी म तपाईंको फ्यान थिए । मैले insta मा पनि फलो गरेको थिए । तर यो पोस्टपछि मेरो मन परिवर्तन भयो तपाईले गलत व्यक्तिलाई साथ दिनु भएको छ । तपाईको जति राम्रो फिल्म आएपनि हामी हेदैनौँ ।’