भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको व्यक्तिगत ट्वीटर एकाउन्ट ह्याक

Interesting

भारतीय प्रधानमन्त्री नरेंद्र मोदीको निजी ट्विटर एकाउन्ट ह्याक गरिएको छ । ह्याकरले सेप्टेम्बर ३ तारिख बिहान यस खाताबाट धेरै ट्वीटहरू गरेक थिए । कोपिड १९ को नाममा क्राइप्टोकरन्सी पनि मागेका थिए । ट्विटरले ह्याकिंग भएको आधिकारिक पुष्टि गरेको छ र एकाउन्ट सुरक्षामा काम भइरहेको पनि बताएको छ। हाल ह्याकरको ट्वीट्स हटाईएको छ।

रोयटर्सका अनुसार ट्विटरले भनेको छ – “हामी उत्पन्न परिस्थितिको सक्रिय रूपमा अनुसन्धान गर्दैछौं। यस समयमा अरू कुनै एकाउन्टहरू प्रभावित भएको जानकारीमा आएको छैन।”

मोदीको व्यक्तिगत वेबसाइटमा लिंक गरिएको यो एकाउन्टको युजरनेम @narendramodi_in छ। यसका २५ लाख फलोवर्स छन्।

ह्याकरले के ट्वीट गरे?

त्यहाँ धेरै ट्वीटहरू सँगै थिए। ती मध्ये ह्याकरले लेखेका थिए –
“म तपाईंहरू सबैलाई कोविड १९ को लागि प्रधानमन्त्री राष्ट्रिय राहत कोषमा उदारतापूर्वक चन्दा दिन अपील गर्दछु। अब भारतले क्रिप्टोकरन्सीमा चन्दा लिन थालेको छ। ” यस ट्वीटमा, केही खाता नम्बरहरू पनि ह्याकरले दिएका थिए।
अर्को ट्वीटमा लेखिएको थियो – “हो, यो खाता जोन विक (hckindia@tutanota.com) द्वारा ह्याक गरिएको छ।” हामीले पेटीएम माल ह्याक गरेका छैनौं। “

ठूला नेताको ट्वीटर एकाउन्ट ह्याक भएको यो पहिलो घटना भने होइन। यस वर्ष जुलाईमा, धेरै विदेशी ठुला नामहरूको ट्वीटर एकाउन्टहरू ह्याक गरियो। यसमा Warren Buffet, जेफ बेजोस, जोए बिडेन, Bill Gates र Elon Musk थिए। त्यसपछि उबर र एप्पलको खाताहरू पनि ह्याक गरियो। त्यस समयमा पनि यसरि नै Cryptocurrency मागिएको थियो।