मच्छिन्द्रनाथ रथ तानिरहेका सयौँमाथि प्रहरीले बल प्रयोग गरेपछि रथयात्रा रोकियो

News

प्रशासनको निर्देशनका बावजुद ललितपुरको पुल्चोकमा मच्छिन्द्रनाथ रथ तान्न थालेपछि प्रहरीले बल प्रयोग गरेर तितर बितर बनाएको छ। रथ तान्न सयौँ स्थानीय झाँकीसहित आएका थिए। प्रहरीले माइकिङ गरेर रथ नतान्न निर्देशन दिएपनि नमानेपछि बल प्रयोग गरेको जानकारी दिएको छ।

जिल्ला प्रशासनले धार्मिक गतिविधिमा रोक लगाएपनि सयौँ संख्यामा मानिसहरु जम्मा भएका छन्। प्रहरी बाक्लो संख्यामा उपस्थित गराइएको छ। ललितपुर प्रहरीले माइकिङ गर्दै आ-आफ्ना घर जान निर्देशन दिइरहेको छ। कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै धार्मिक क्रियाकलाप र जमघटमा रोक लगाइएको छ। यसअघि मंगलबार परेको इन्द्रजात्रामा समेत यसपटक रथ तानिएको थिएन।