रातो मत्स्येन्द्रनाथ यात्राका क्रममा भएको घटनाको जिम्मेवारि गैर जिम्मेवार सरकारले लिनुपर्छ

News

युवाहरुले स्वस्फुर्त रूपमा निषेधाज्ञाका बीच रातो मत्स्येन्द्रनाथको रथ तानेपछि ललितपुरको पुल्चोकमा आज तनावको स्तिथि सिर्जना भएको थियो । प्रहरीले रथ तान्न रोकेपछि रथ तान्नेहरुले ढुंगामुढा गरेका थिए । प्रहरीले भने पानीको फोहोराहानेको थियो साथै प्रहरीले रथ तान्नेहरुलाई अश्रुग्यास हानेको थियो । तर यी सबैको बीच राति मछिन्द्रनाथको रथ भने तानिएको थियो । आज बिहान ११ बजे रथयात्रा समिति र गुठी संस्थान बीच रथयात्रा सम्बन्धमा कुराकानी हुने निर्धारित थियो । बिहान ९:३० बजे पुल्चोकमा भेला भई दवाब सिर्जना गर्ने पूर्व निर्धारित कार्यक्रम थियो ।

प्रशासनको निर्देशनका बावजुद ललितपुरको पुल्चोकमा मच्छिन्द्रनाथ रथ तान्न थालेपछि प्रहरीले बल प्रयोग गरेर तितर बितर बनाएको छ। रथ तान्न सयौँ स्थानीय झाँकीसहित आएका थिए। प्रहरीले माइकिङ गरेर रथ नतान्न निर्देशन दिएपनि नमानेपछि बल प्रयोग गरेको जानकारी दिएको छ। जिल्ला प्रशासनले धार्मिक गतिविधिमा रोक लगाएपनि सयौँ संख्यामा मानिसहरु जम्मा भएका थिए । प्रहरी बाक्लो संख्यामा उपस्थित गराइएको थियो र ललितपुर प्रहरीले माइकिङ गर्दै आ-आफ्ना घर जान निर्देशन दिइरहेको थियो । कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै धार्मिक क्रियाकलाप र जमघटमा रोक लगाइएको हो । यसअघि मंगलबार परेको इन्द्रजात्रामा समेत यसपटक रथ तानिएको थिएन।

सामाजिक संजालमा आजको घटना बारेमा विभिन्न खाले टिप्पणी भैरहेको छ। तर स्मरण गर्नुपर्ने कुरा के हो भने इतिहासमै अहिलेसम्म जस्तोसुकै अवस्था हुँदा पनि रातो मछिन्द्रनाथको जात्र रोकिएको छैन । हाल भएको कोरोना महामारीलाई मध्यनजर गर्दै रथयात्रा सर्दै लागिएको थियो तर आज भएको घटना सरकारी जवाफदेहिता नहुनाका  कारण भएको हो। यो पहिल्यै हुनुपर्ने रथयात्रा हो , लकडाउनकै पालना गर्दै आजसम्म जात्रा स्थगित भएको थियो । काठमाडौँ उपत्यकाको सभ्यता र यहाँको रिथि तिथि प्रति यहाँका बासिन्दा सचेत छन्। अल्पमतमा झैँ परिसकेको नेवा समुदायले सरकारको यो सुन्य जवाफदेहितालाई दमनको रूपमा लिएको छ। हुनसक्ने र गर्न सकिने विकल्प दिन्ददिदै पनि सुनुवाई नभएपछि स्वस्फुर्थ रूपमा आजको घटना भएको हो।

रथयात्रा संचालन समिति लगायत सम्बन्धितले साईत सकिन लागेको भन्दै रथयात्रा गराइ पाउँ र रथयात्रा कसरी गर्न सकिन्छ भनेर खाका समेत राखेर राष्ट्रपतिलाई समेत पत्र लेखिका रहेछन । सुरक्षित विकल्पका साथ् जात्र सम्पन्न गर्ने स्पस्ट खाका पनि सरकार समक्ष पेस गरिएको रहेछ तर सुनुवाई नै नभएपछि मच्छिन्द्रनाथ जात्रामा अप्रिय घटना हुन पुगेको जात्राका सरोकारवालाको भनाई छ ।

हजारौंको संख्यामा प्रहरी तैनाथ गरेर दमन गर्नसक्ने सरकारले ,जनताको परापूर्वकाल देखी चली आएको धार्मिक,सांस्कृतिक,आस्था र बिस्वासलाई स्मरण गर्दै जात्रा संचालन गर्न सामाजिकदूरी क़ायम गर्नुको साथै रथको सत्ता खट प्रयोग गरेर दस प्रहरी जवानलाई ज़िम्मा लगाएको भए ललितपुरमा आज अप्रिय घटना घट्दैन थियो की ??? यस अकर्मण्यताको ज़िम्मा गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय , गुठी संस्थान लगायत स्थानीय सरकारले लिनुपर्छ । जनभावना बुझ्न नसक्ने र परिस्थिति आँकलन गर्न नसक्ने स्थानीय सरकार  तथा सरोकारवालाहरुले दिएको विकल्प बेवास्ता गरीबस्ने गुठी संस्थान यसमा सबैभन्दा बढी जिम्मेवार छन् ।