ललितपुरमा भोली कर्फ्यू

News

ललितपुरमा भोलि बिहान ४ बजे देखी राति १० सम्म कर्फ्यू लगाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय ललिपुरपुरले जिल्लामा पर्ने चक्रपथ क्षेत्रमा कर्फ्यू लगाउने निर्णय गरेको हो । विहीबार साँझ बसेको जिल्ला प्रशासन कार्यालय, प्रहरी र स्थानीय जनप्रतिनिधिको बैठकले यस्तो निर्णय गरेको हो। ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले अवस्था सामान्य बनाउन कर्फ्यू जारी गरिएको बताए। बैठकमा रथलाई पुल्चोकदेखि ७ सय मिटर अघिसम्म तान्ने र २६ गते बुङ्मति लैजाने निर्णय भएको छ।

आज दिउँसो रातो मछिन्द्रनाथको रथ यात्राको विषयलाई लिएर स्थानीय र प्रहरीबीच झडप भएको थियो । भने स्थानीयले एक प्रहरी जवानलाई निर्घात कुटपिट गरेका थिए ।

रातो मछिन्द्रनाथको रथ यात्रामा धेरै मानिसहरु भिडभाड गरेको भन्दै प्रहरीले भिड नियन्त्रण गर्ने क्रममा झडप भएको थियो ।

विहीबार साँझ बसेको जिल्ला प्रशासन कार्यालय, प्रहरी र स्थानीय जनप्रतिनिधिको बैठकले यस्तो निर्णय गरेको हो। ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले अवस्था सामान्य बनाउन कर्फ्यू जारी गरिएको बताए। बैठकमा रथलाई पुल्चोकदेखि ७ सय मिटर अघिसम्म तान्ने र २६ गते बुङ्मति लैजाने निर्णय भएको छ