ह’त्या गरी टाउको झोलामा बोकेर आफैँ प्रहरीमा पुगे एक युवक

Crime

एक युवकले ६५ वर्षीय पुरूषको ह त्या गरी प्रहरीसमक्ष टाउको बुझाएर आत्मसमर्पण गरेका छन्। धादिङका २६ वर्षीय राजु परियारले खुल्ला स्थानमा ६५ वर्षीय सोम बहादुर गुरूङको ह त्या गरेको हो।

जिल्ला प्रहरी कार्यालय धादिङ का एसपी रविन्द्र रेग्मीका अनुसार ह त्या बिहीबार राति करिब साढे १० बजे निलकण्ठ नगरपालिका–१३ खलचेत भन्ने ठाँउमा भएको थियो। ह त्या गरेपछि राति १ बजे झो’लामा टाउको र ह त्यामा प्रयोग भएको खुर्पा लिएर परियार प्रहरी कार्यालय पुगेका थिए।

हत्या गरेर टाउको र आफूले प्रयोग गरेको हतियार झोलामा ल्याएर प्रहरीमा आ’त्मसमर्पण गरेको एसपी रेग्मीले बताउनुभयो । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार ती पुरूषले ठुलो वि वाद नभइ आवेगमा आएर हत्या गरेका हुन्।