अल्का अस्पतालकी कर्मचारी ३९ वर्षीया गीता केसीको ज्यान लिएको अभियोगमा उनकै भतिजा निर्मल केसीलाई प्रहरीले पक्राउ गरेको छ । केही दिन देखि हराएकी गीताको शव शुक्रवार साँझ गोदावरी स्थित सामुदायिक व नमा फेला परेपछि प्रहरीले अनुसन्धानका क्रममा निर्मललाई पक्राउ गरेको हो । निर्मल शनिबार बिहान भैंसेपाटीस्थित घरबाट पक्राउ परेका छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानमा गीताको कसैले ज्यान लिएको खुलेको छ ।
निर्मल र गीता विगत ३ वर्षदेखि अफेयरमा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । गीतालाई उनका श्रीमानले यातना दिने गरेका थिए । श्रीमानको माया नपाएकी गीतालाई निर्मलले सहयोग गर्दै आएका थिए । उनले नै गीतालाई अस्पताल ल्याउने र लैजाने समेत गर्थे । पारिवारिक सम्बन्ध भएका कारण गीताको घरमा निर्मल सजिलै जाने आउने गर्थे । घटना पछि पक्राउ परेका निर्मलले घटनामा आफु संलग्न भएको प्रहरी सामु स्वीकार गरेका छन् ।
शव फेला परेलगत्तै प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धान सु’ई निर्मलतिर सोझिएपछि प्रहरीले भैंसेपाटीस्थित घरबाट निर्मललाई पक्राउ गरेको ललितपुरका प्रहरी प्रमुख एसएसपी टेक प्रसाद राईले जानकारी दिए ।
श्रीमान घरमा नभएको बेला निर्मल जाने आउने समेत गरेको अनुसन्धानका क्रममा खुलेको छ । गीता केसी पुल्चोकस्थित अल्का अस्पतालमा ‘हाउस किपिङ’ को रुपमा काम गर्थिन । घरवाट हराएको दिन गीताले श्रीमानलाई अस्पताल जान्छु भनेर निर्मलसंग गएकी थिइन् । निर्मलले अस्पताल नगई घुम्न जाउँ भनेनेर लेलेको जं’ग’ल’तिर लगेको प्रहरी अनुसन्धानवाट खुलेको छ । जं’ग’ल पुगेपछि केही समय उनीहरु एकान्तमा गएर बसेको खुलेको छ ।
त्यहीबीचमा उनीहरुबीच विवाद भएर घटना भएको हुनसक्ने प्रहरीले खुलाएको छ । उनीहरुको विवादकोक कारण आर्थिक लेनदेन भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । गीताले निर्मललाई पैसा समेत राख्न दिएको र सोही पैसाका कारण विवाद भएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीको छ ।