होम आइसोलेसनमा बसेका काठमाडौका एक संक्रमितको निधन

Health-Education

अस्पताल नगएर होम आइसोलेसनमा बसेका एक पुरुषको निधन भएको छ । काठमाडौं महानगरपालीका(१५ डल्लुस्थित विजयश्वरीका ६८ वर्षका पुरुषको कोरोनाका कारण निधन भएको हो । उनको शनिवार साँझ आफ्नो घरमै निधन भएको जनाईको छ । ति पुरुषलाई भदौ १७ गते कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि पनि उनी होम आइसोलेसनमा बसेका थिए ।

मिर्गौला रोगी समेत रहेका उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । वडा नं १५ का वडा अध्यक्ष तथा महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले होम आइसोलेसनमा रहेका पुरुषको शनिवार साँझ निधन भएको जानकारी दिए।

घरमै आइसोलेनसमा बसेका बेला उनको निधन भएको हो, उनलले भने मृ’तकको शव ब्यवस्थापन हुनसकेको छैन। स्थानिय जनप्रतिनिधिले नेपाली सेनालाई खबर गरेको जनाएका छन् ।