नयाँ संविधान जारी गरेपछि एक बनाइएका मन्त्रालयहरु पुन फुटाउने तयारीमा नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओली लागेका छन्।
शक्ति बाँडफाँडका लागि ओली र दाहालबीच अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भइरहेको छ। तीन वटा मन्त्रालय फुटाउने प्रस्ताव भने प्रधानमन्त्री ओलीले गरेका हुन्।
संविधानमा २५ जना भन्दा बढी मन्त्री बनाउन नपाइने व्यवस्था छ अहिले २२ मन्त्री, दुई राज्यमन्त्री र एक प्रधानमन्त्री गरी २५ सदस्यीय मन्त्रीपरिषद छ। तीन वटा मन्त्रालय फुटाउँदा अहिलेका राज्यमन्त्रीको पद हटाउनुपर्ने हुन्छ।
त्यसैको लागि मन्त्रिपरिषद पुनर्गठनमा राज्यमन्त्रीहरुलाई विदाई गर्ने तयारी भइरहेको छ। नेकपाका उपाध्यक्षसमेत रहेका बामदेवलाई नेकपाले राष्ट्रियसभा सदस्य बनाएर मन्त्री बनाउन लागेपछि सर्वाेच्चमा रिट पर्याे।
तत्कालका लागि बामदेव मन्त्री बन्न नपाउने गरी सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरिसकेको छ। प्रधानमन्त्रीको यस प्रस्ताव माथि नेकपाको सचिवालय बैठकमा छलफल हुन बाँकी नै छ।
अहिले मन्त्री भएकाहरु उद्योग मन्त्री लेखराज भट्ट, उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरीराजमणि पोखरेल, फुटाउने तयारी छ। विगतमा पनि यी मन्त्रालय फुटाइएको थियो।