चितवनमा बाघको आक्रमणबाट वनमा घाँस काट्न गएका जन्हु महतोको मृत्यु

News

चितवनमा बाघको आक्रमणबाट वनमा घाँस काट्न गएका एक पुरुषको मृत्यु भएको छ ।  भरतपुर महानगरपालिका– १३ का ६३ वर्षीय जन्हु महतोको बाघको आक्रमणबाट शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई बिहान १०ः१५ बजे बाघले आक्रमण गरेको थियो ।

अहिले पनि बाघ र शव एकै ठाउँमा रहेकाले बाघलाई डार्ट गरेर शव नियन्त्रणमा लिने प्रयास भइरहेको छ