आज विश्व पर्यटन दिवस भर्चुअल कार्यक्रम गरी मनाइँदै

News

आज विश्व पर्यटन दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । कोरोना कहरका कारण सामूहिक तथा औपचारिक कार्यक्रम बिनै पर्यटन दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसंघीय पर्यटन संगठनको आव्हानमा हरेक वर्ष सेप्टेम्बर २७ तारिखमा विश्व पर्यटन दिवस मनाईदै आएको छ । १९८० देखि सेप्टेम्बर २७ मा यो दिवस मनाउन थालिएको हो ।

पर्यटनसँग सम्बन्धित विषयमा विभिन्न संघसंस्थाले भर्चुअल कार्यक्रमहरु गर्दैछन् । पर्यटन विभागले पर्यटन क्षेत्रमा योगदान पु-याउने ब्यक्ति तथा संस्थालाई सम्मानको घोषणा गरिने जनाएको छ । कोरोनाका कारण नेपालका पर्यटकीय क्षेत्रहरू सुनसान रहेका छन् । नेपालले नेपाल भ्रमण वर्ष २०२० घोषणा गरेपनि २०१९ कै अन्त्यमा कोरोनाको महामारी शुरु भएपछि कार्यक्रम नै स्थगित भएको छ ।

कोरोना महामारीका कारण थला परेको पर्यटन क्षेत्रलाई उकास्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न योजनाहरू बनाइरहेको जनाएको छ । मन्त्रालयले आन्तरिक पर्यटन प्रवद्र्धधन गर्न हप्तामा दुईदिन विदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषदमा लैजाँदैछ । यसैबीच दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै पर्यटनमन्त्री योगेश भट्टराईले आगामी समय पर्यटन क्षेत्रका लागि अनुकुल रहने विश्वास ब्यक्त गर्नुभएको छ ।

Image may contain: 1 person, text