जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Crime

 १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा माथागढी गाउँपालिका ५ ओखलढुङ्गा बस्ने ४५ वर्षीय ईन्द्र बहादुर घर्तीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई घरमा कोही नभएको अवस्थामा मंगलबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पा र प्रहरी चौकी माथाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

साथै ती किशोरीलाई बिहीबार जबरजस्ती करणी गर्ने अर्का ४२ वर्षीय पुरुष हाल फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।