Instakhabar
News from Nepal
साउन २९ गते गाउँकै अर्की १३ बर्षिया बालिकालाई घट्ट पिस्न गएको बेला बलात्कार गरेको भन्दै आज पिडित बालिकाका आफन्तले मष्टा गाउँपालिकाका २० बर्षिय राजेन्द्र बोहरा विरुद्घ जिल्ला प्रहरी कार्यालय बझाङमा मुद्घा दर्ता गराएका हुन ।
घटना साउन २९ गते साँझ ५ बजेको हो । मष्टा गाउँपालिका कै १३ वर्षीया बालिकालाई बोहोराले बलात्कार गरेको अनुसन्धानमा खुलेको छ । सम्झनाको बलात्कार र हत्याको अनुसन्धान भइरहँदा राजेन्द्रबाट अर्को बलात्कार भएको पत्ता लागेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार राजेन्द्रको परिवारले सो ठाउँमा घट्ट चलाउँछ । त्यसदिन घट्टमा राजेन्द्र एक्लै थिए । बालिका पुग्दा उनले बालिकालाई लछारपछार गरी घट्टमा बलात्कार गरेको जनाएको छ ।
राजेन्द्रका परिवारले घटना बारे प्रहरी कहाँ उजुरी नदिन आग्रह गरे पश्चात दुवै परिवारले कागज गरेर ‘गुपचुपग्́ पारेको अनुसन्धानमा खुलेको छ । कागजमा साउन ३१ गते मिलापत्र गरेको देखिएको छ ।
बलात्कारपछि कुटपिटसम्मको घटना भएको यो कागजले उजागर गर्छ । कुटपिट भएपछि दुवै पक्ष छलफलमा बसेको र सो छलफलबाट मिलापत्र गरेको देखिन्छ ।
जिल्लामा बलात्कार जस्ता जगन्य अपराधका घटनाहरुको कानुनी उपचार खोज्नुको सट्टा मिलोमतो गर्दा यस्ता घटनाहरु दोहोरिदै गएका छन ।
राजेन्द्रले बालिकाको खुट्टामा पाँच सय रुपैयाँ राखेर ढोगेको खुलेको कागजमा उल्लेख छ । कागजमा पीडित पक्ष र पीडकबीच गर्भवती भए जिम्मा लिने सर्तमा कागज गरेको प्रष्टै देखिन्छ ।