सरकारले निजी प्रयोगशालालाई पीसीआर टेष्टको शुल्क समायोजन गर्न २४ घण्टे अल्टिमेटम दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न आठ अस्पतालले सरकारले तोकेभन्दा बढी शुल्क लिएको भन्दै मूल्य समायोजन गर्न निर्देशन दिएको हो । प्रवक्ता डाक्टर जागेश्वर गौतमले मूल्य समायोजन नगरे पीसीआर टेष्टका लागि दिएको स्वीकृति खारेज गर्ने र कालोबजारीमा कारबाही गर्ने चेतावनी दिनुभयो ।
प्रवक्ता गौतमले कालोबजारीमा कारबाही गरेर ल्याब बन्द गराउन गृह मन्त्रालय र बाणिज्य विभागलाई आग्रह गर्नुभयो । सरकारले भदौ २८ आरटीपीसीआर टेष्टको शूल्क २ हजार रुपैयाँ तोकेको थियो ।