काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा स्थित पेप्सिकोलामा ग्यास सिलिन्डर बिस्फोट हुँदा ५ जना घाइते भएका छन् । बिष्फोटका कारण घरमा समेत क्षति पुगेको छ ।
पेप्सिकोला स्थित कृष्ण कार्कीको घरमा ग्यास सिलिन्डर बिस्फोट भएको हो । बिष्फोटमा परी सुनिता कार्की, पर्वत कार्की, हेमा कार्की, रमेश कार्की र मिना खड्का घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
घाइते उनीहरूको नजिकैको मदर ल्यान्ड अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये पर्वत कार्कीको अवस्था सामान्य छ ।
खाजा बनाउनको लागि ग्यासको रेगुलेटर खोलेर लाइटर बाल्ने क्रममा ग्यास लिक भएको प्रहरीको भनाइ छ ।