भोटाहिटी चोकबाट राष्ट्रवादी नागरिक समाजका एक दर्जन कार्यकर्ताहरु गिफ्तार भएका छन् । भोटाहिटी चोकबाट राष्ट्रबादी नागरिक समाजको आयोजनामा राजसंस्था पुनर्वहालीको माग गर्दै निस्किएको विरोध प्रदर्शनलाई धर्ना जुलुस गर्न रोक लगाउँदै गिरफ्तार गरिएको हो ।
उनीहरुले नेपालको झन्डा, नेपालको नक्सा र पूर्वराजाको फोटोसहितको ब्यानर, प्लेकार्डहरु लिएर राष्ट्रबादी नागरिक समाजका संयोजक चन्द्र बहादुर रामदाम ‘चबरा’ उपसंयोजक लक्ष्मी मल्ललगायत ७०-८० जनाको संख्यामा र्याली जाने क्रममा प्रहरीले जान नदिएको र तितरबितर पार्ने क्रममा संयोजक चन्द्रबहादुर रामादाम , लक्ष्मी मल्ललगायत एक दर्जन जनालाई प्रहरीले गिरफ्तार गरी जनसेवा विशालबजार लगिएको थियो ।
प्रदर्शनकारीहरुले हाम्रो राजा हाम्रो देश,देश बेच्ने सरकार मुर्दाबाद, विदेशीहरुलाई नागरिता दिन पाईदैन, जाजीय भोदभाव गर्न पाईदैन, भ्रष्टाचारी नेतालाई जेल सजाय दे, अब बेला आईसक्यो हामीलाई राजा चाहिसक्यो, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, राजा जनता एक हौ । राजतन्त्र जिन्दावाद गणतन्त्र मुर्दावाद जस्ता नारा लगाएका थिए ।