नेपालमा पछिल्लो २४ घण्टामा २४४० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १३७८१ जनाको पीसीआर परीक्षण गर्दा २४४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
यसैबीच, उपत्यकामा मात्रै १५३१ जना संक्रमित भएका छन् । काठमाडौंमा ११७८, भक्तपुरमा १०३ ललितपुरमा २५० जना संक्रमित भए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा सोमबार प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ११३३ जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ७३ प्रतिशत निको भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ६५२०२ रहेको छ ।