सांसद शान्ता चौधरीमा कोराना संक्रमण पुष्टि

Politics
सांसद एवम् नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलकी सचेतक शान्ता चौधरीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनले आफूलाई सोमवार गरिएको परीक्षणको क्रममा कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन् ।आफूमा कोरोना संक्रमण पुष्टि भएसँगै आफ्ना सम्पर्कमा आएकाहरुलाई सावधानी अपनाई पीसीआर परीक्षण गर्नको लागी आग्रह समेत गरेकी छिन् ।

पछिल्लो समय राजनीतिक व्यक्तित्वहरुमा कोरोना संक्रमणको दर बढिरहेको छ । गत असोज १७ गते शनिवार नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु अर्नुननरसिंह केसी, गगन थापा लगायत अन्य नेताहरुमा समेत कोरोना संक्रमण पुष्टि भएको थियो । भने यता प्रधानमन्त्रीका राजनीतिक, प्रेस तथा परराष्ट सल्लाहकारसहित बालुवाटारमा ठुलो संख्यामा कोरोना संक्रमण पुष्टि भएको थियो ।