काठमाडौँमा ७ वर्षीया बालिकामाथि बलात्कारको प्रयास, ४३ वर्षीय पुरुष पक्राउ

Crime

Gepostet von Nepal News Daily am Mittwoch, 7. Oktober 2020

प्रहरीले काठमाडौँको बागमती करिडोरबाट ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङ घोराही नगरपालिका–४ घर भइ महादेवस्थान बस्ने ४३ वर्षीय दुर्गे विक छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरकाअनुसार विकले ७ वर्षीया बालिकालाई जबरजस्तरीकरणी गरेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

बुधबार दिउँसो करिब ३ः४० बजेको समयमा काठमाडौं महानगरपालिका–३२ महादेवस्थानस्थित बागमती करिडोरमा विकले बालिकामाथि बलात्कारको प्रयास गरेको स्थानीयले देखेपछि ती बालिकाको उद्दार गरिएको थियो ।

बालिकाको उद्दारपछि स्थानीयले विकलाई नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएका एसपी राठौरले बताए । विकले बालिकालाई विभिन्न प्रलोभनमा पारेर जबरजस्तीकरणी गरेको हुनसक्ने प्रहरीको आशंका छ ।

परक्षिणको लागि बालिकालाई अस्पताल पठाएको एसपी राठौरले बताए । विकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।