नेता पौडेल होम आइसोलेसनमा

News

एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल होम आइसोलेसनमा बसेका छन्।

उनले आज (शनिवार) सामाजिक सञ्जाल ट्वीटरमार्फत् यसको जानकारुी दिएका हुन् ।

नेता पौडेलले आफू र परिवारका सदस्यमा अहिलेसम्म कुनै लक्षण नदेखिएको उनले जनाएका छन्।

उनले लेखेका छन्, ‘मेरो घरमा एक कर्मचारीमा कोरोना (कोभिड १९) संक्रमण देखिएकाले केहि दिनको लागि आईसोलेसनमा रहने छु । म र मेरो परिवारका अन्य कुनै सदस्यमा अहिलेसम्म कुनै लक्षण देखिएको छैन ।’